आदिकवि भानुभक्तको सम्मानमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आउँदो वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८२ साल असार २९ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
यो बिदा गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा लागु हुनेछ ।
भानु जयन्तीका अतिरिक्त प्रदेश सरकारले २०८२ सालका लागि अन्य तीनवटा प्रदेशस्तरीय सार्वजनिक बिदा पनि तोकेको छ । सूचनाअनुसार, कोजाग्रत पूर्णिमाको अवसरमा असोज २० गते सोमबार, प्रदेश स्थापना दिवसको दिन माघ २२ गते बिहीबार र चैते दसैँका लागि चैत १२ गते बिहीबार पनि प्रदेशभर बिदा हुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१ चैत १५ गते प्रकाशित गरेको सूचनामा, प्रदेश मन्त्रिपरिषद्को चैत १२ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम यी बिदाहरू तय गरिएको सूचना अधिकारी उपसचिव प्रवीण ढकालले बताए ।








भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा
घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
‘आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता’
पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया