छोरेपाटन मावि अध्यक्ष पहारीलाई दुर्व्यवहार गर्ने विक पक्राउ

पोखरा । सार्वजनिक स्थलमा छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालो मसी छर्किएर दुर्व्यवहार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको छ ।
त्यस्तो कार्यका मुख्य योजनाकारका रूपमा रहेका सुजन विक पक्राउ परेका हुन् । अध्यक्ष पहारीलाई दुव्र्यवहार गर्ने २ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजी भइरहेको जनाएको छ ।
प्रक्राउ पर्ने विक नेकपा (बहुमत) का पोलिटब्युरो सदस्य तथा सो पार्टी निकट युवाको संयोजकसमेत हुन् । विकलाई अभद्र व्यवहार गरेको मुद्दामा प्रक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । उनले विककै योजना तथा निर्देशनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पहारीमाथि दुव्र्यवहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
नेकपा (बहुमत) समर्थित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले विद्यालयको मुख्य आय श्रोतको रुपमा रहेको पातलेछाँगो (डेभिजफल) व्यक्तिगत स्वार्थको लागि पोखरा महानगरपालिका हुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको अभियोगमा अध्यक्ष पहारी माथि लगाएको छ । सो प्रकरणमा विद्यार्थी संगठनले अध्यक्ष पहारीलाई राजीनामा दिन र कारबाही गर्नसमेत माग गरेको थियो ।
पातले छाँगो २०३५ सालदेखि छोरेपाटन माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । पातले छाँगो अहिले महानगरको मातहतमा गएको छ । पाताले छाँगोबाट शुल्क उठाउने र व्यवस्थापन गर्ने काम पोखरा महानगरपालिका आफैंले गर्दै आएको छ । सेती क्यान्यन प्रालिले पाताले छाँगोमा संरचना बनाउन महानगरसँग सम्झौतासमेत गरिसकेको थियो ।
महानगरले ४ किस्तामा गरी वार्षिक ३ करोड विद्यालयलाई भुक्तानी दिने सम्झौता गरेको छ । महानगरले २ किस्ताको रकम भुक्तानी नगर्दा समेत सम्बन्धित पक्ष तैचुप मैचुप बसेको आरोप अखिल (क्रान्तिकारी)ले लगाएको छ ।
सार्वजनिक स्थलमा अध्यक्ष पहारी माथि भएको दुव्र्यवहारको नेकपा (एमाले), नेपाल शिक्षक महासंघ कास्कीसँग सम्वद्व एवं आवद्ध सबै घटक संस्थाहरु, विद्यालय कर्मचारी, अनेरास्ववियु, छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्च समेतले निन्दा गरेका छन् । पोखरा २१ पहारीडाँडामा जन्मेका अध्यक्ष पहारी पोखरा १७का शिक्षा समितिका सदस्य तथा विद्यालयका पूर्व सहायक प्रधानाध्यापक समेत हुन् ।








भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा
घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
‘आर्थिक दायित्वबाट सुरक्षित रहन बिमाको आवश्यकता’
पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया