बेलैमा बिहे गर्न प्रधानमन्त्री ओलीको सुझाव !

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जनसंख्या सन्तुलन आवश्यक रहेको भन्दै युवाहरूलाई समयमै विवाह गरेर सन्तान जन्माउन आग्रह गरेका थिए ।
विश्व जनसंख्या दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय जनसंख्या नीति, २०८२’ सार्वजनिक गर्न आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले घट्दो जन्मदरले मानव अस्तित्वमै खतरा निम्त्याउन सक्ने बताएका थिए ।
उनले सरकारले विवाहका लागि २० वर्षको उमेर तोकेको स्मरण गराउँदै ३० वर्षभित्र सन्तान जन्माइसक्न र ‘चालीस कटेपछि रमाउँला’ भन्ने सोच नराख्न युवाहरूलाई सुझाव दिए । ‘पहिले ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ नभन भनेर जनचेतना फैलाउँदा अहिले उल्टो असर परेर सन्तान नै नपाउने स्थिति आयो,’ उनले भने ।
एकतर्फ जनसंख्याबारे गोष्ठी गर्ने र अर्कोतर्फ आमविनाशका हतियार बनाएर मानिस मार्ने दोहोरो चरित्रले मानव अस्तित्व संकटमा पर्ने उनले बताए । विकसित देशहरूमा समेत जनसंख्या ऋणात्मक हुँदै गएको उदाहरण दिँदै तत्कालीन प्रधानमन्त्री ओलीले जनसंख्याको उचित व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए ।









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया