जनप्रतिनिधिलाई जलवायु परिवर्तनसम्बन्धी तालिम

म्याग्दे ।
म्याग्दे गाउँपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारीहरूका लागि जलवायु परिवर्तन र यसमा स्थानीय तहको भूमिकाबारे एकदिने तालिम भएको छ । चिल्ड्रेन नेपाल र म्याग्दे गाउँपालिकाको संयुक्त आयोजनामा भएको उक्त तालिममा जलवायु परिवर्तनका असर र त्यसको सामना गर्ने उपायबारे प्रशिक्षण दिइयो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले स्वागत गर्दै तालिमको उद्देश्यमाथि प्रकाश पारे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिका जलवायु संकटको असरबाट गुज्रिरहेको उल्लेख गरे। उनले यस तालिमले जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै यस अभियानमा चिल्ड्रेन नेपालसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले तालिमले म्याग्देका बासिन्दालाई उत्थानशील जीविकोपार्जन प्रवद्र्धन गर्न र जलवायु चुनौतीको सामना गर्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गरे । उनले चिल्ड्रेन नेपालको कामको प्रशंसासमेत गरे ।
तालिममा चिल्ड्रेन नेपालका वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईं, गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत पूर्णेश्वर सुवेदी र म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सहजीकरण गरेका थिए ।
गाउँपालिकाका पदाधिकारी, कार्यपालिका सदस्य तथा कर्मचारी गरी कुल ४४ जनाको सहभागिता रहेको तालिममा जलवायु परिवर्तनका कारण, असर न्यूनीकरण र अनुकूलनका रणनीति, नेपाल सरकारले लागू गरेका जलवायु नीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, दिगो विकास लक्ष्य र त्यसमा स्थानीय तहको भूमिकाबारे प्रशिक्षण प्रदान गरिएको थियो ।








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया