पत्रकार मञ्चलाई सहयोग

लेखनाथ ।
लामिछाने परिवारले मित्रलाल लामिछाने र मनरुपा लामिछानेको चौरासी पूजाको अवसरमा गरिने खर्च कटाएर लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेको छ । साविक माझठाना सौरे स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. ३० शिशुवा निवासी लामिछाने परिवारले मञ्चलाई १० हजार प्रदान गरेको छ ।
छोरा कृष्णप्रसाद र राजु लामिछानेले पूजामा हुने खर्च कटाएर बुबा–आमाको सम्झनामा ‘मित्र मनरुपा अक्षयकोष’ स्थापना गर्ने घोषणा गरेका हुन् । लामिछाने परिवारले उक्त रकम लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, निवर्तमान अध्यक्ष कविराज खनाल, संस्थापक अध्यक्ष भीमपाणि बराल, उपाध्यक्ष सन्दीप पौडेल र सल्लाहकार ऋषिराम रानाभाटलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट सीपमूलक तालिम सञ्चालन गरी युवा पुस्तालाई पत्रकारितातर्फ प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ । लेखनाथ पत्रकार मञ्चका कोषाध्यक्षसमेत रहेका लामिछाने विभिन्न सामाजिक संघ, संस्थामा आबद्ध भई सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।







लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया