छोरेपाटन माविका अध्यक्षमाथि दुर्व्यवहार गर्ने थप २ पक्राउ

समाधान संवाददाता २०८२ असार २९ गते १६:५२

पाेखरा ।

छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीमाथि दुर्व्यवहार गरेकाे आरोपमा प्रहरीले शनिबार थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेकपा (बहुमत)सँग आवद्ध अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशका संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो।

Advertisement

यसअघि शुक्रबार साँझ घटनाका मुख्य योजनाकार मानिएका नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य तथा युवा संगठनका फ्याक्सन इञ्चार्ज सुजन विकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार, अध्यक्षमाथि कालोमोसो दल्ने दुई जना र योजनाकारसहित घटनासँग सम्बन्धित सबै अभियुक्तलाई नियन्त्रणमा लिइएको छ। उनीहरुमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

Advertisement

पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्का दिने निर्णयमा अध्यक्षको संलग्नतामाथि असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार बिहान कालाेमाेसाे दलेका थिए ।

तपाईको प्रतिक्रिया