आँधीहरुको असर : वर्षमा ७० लाखको अकाल मृत्यु
एएनआई, जेनेभा ।
संयुक्त राष्ट्रसंघ को विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै १ सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसङ्घको दशकका रूपमा घोषणा गरेको छ । ‘यी आँधीहरू हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका तर व्यापक पहुँच भएका विश्वव्यापी चुनौतीहरूमध्ये एक बन्दैछन्… यी जलवायु परिवर्तन, भूमिको क्षरण र अस्थिर अभ्यासहरूद्वारा सञ्चालित छन्’, महासभाका अध्यक्ष फिलेमोन याङले भने ।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीहरूको प्रभाव दृश्यताका समस्याभन्दा धेरै व्यापक भएको कुरामा जोड दिए । उनले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गरेको र कृषि, यातायात र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा बाधा पुर्याएको जनाए ।
अल जजिराका अनुसार याङले बालुवा र धुलोको आँधीबाट हावाबाट हुने कणहरू मुख्यतया श्वासप्रश्वास र हृदय रोगका कारण प्रत्येक वर्ष लगभग ७० लाख समयपूर्व मृत्युसँग जोडिएको सुनाए । यी आँधीले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउन सक्छ, भोकमरी बढाउन सक्छ र जबरजस्ती बसाइसराइमा योगदान पुर्याउन सक्छ ।
आँधीले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउन र भोकमरी बढाउन सक्छ र जबरजस्ती बसाइसराइ गर्न वाध्य पार्छ
संयुक्त राष्ट्रसङ्घका लागि डब्लुएमओका प्रतिनिधि लौरा प्याटरसनले पनि यस मुद्दाको परिमाणलाई चित्रण गर्दै वार्षिक रूपमा २ अर्ब टन धुलो वायु मण्डलमा छोडिने बताइन् । यो गिजाको महान् पिरामिडको लगभग तीन सय वटाको बराबर द्रव्यमान भएको सुनाइन् ।
यस धुलोको ८० प्रतिशतभन्दा बढी उत्तरी अफ्रिका र मध्यपूर्वको मरुभूमिबाट उत्पन्न हुन्छ तर हजारौँ किलोमिटर यात्रा गरेर यसको स्रोतबाट टाढाका क्षेत्रहरूलाई असर गर्दछ । यसैबीच, संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा पश्चिमी एसियाका लागि आर्थिक तथा सामाजिक आयोगका प्रमुख रोला दश्तीले आर्थिक क्षति आश्चर्यजनक रहेको बताएका छन् ।
मध्यपूर्व र उत्तरी अफ्रिकामा मात्रै बालुवा र धुलोको आँधीसँग जुध्न वार्षिक लागत १ खर्ब ५० अर्ब अमेरिकी डलर वा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको अल जजिराले जनाएको छ ।
दश्तीले अरब क्षेत्रको विशेष गरी कठोर वसन्त मौसमलाई औल्याए । इराकमा आँधीहरूले अस्पतालहरू र कुवेत र इरानमा यस्तै घटनाहरू विद्यालय र कार्यस्थलहरू बन्द गर्न बाध्य तुल्यायो । सहारा मरुभूमिबाट निस्कने धुलो क्यारेबियन र फ्लोरिडासम्म पुगेको पत्ता लगाइएको छ ।
अल जजिराका अनुसार नेचरमा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै अमेरिकामा धुलो र हावाको क्षरणबाट हुने क्षति सन् २०१७ मा १ खर्ब ५४ अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् १९९५ को तुलनामा चार गुणा बढी हो ।
डब्लुएमओ र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बढ्दो स्वास्थ्य संकटको चेतावनी दिँदै भनेका छन्, ‘सन् २०१८ र सन् २०२२ को बीचमा विश्व जनसङ्ख्याको आधाका नजिक अर्थात करिब तीन अर्ब ८० करोड अर्ब मानिस डब्लुएचओ सुरक्षा स्तरभन्दा माथिको धुलोको सघनताको सम्पर्कमा आएका थिए । यो सन् २००३ र सन् २००७ को बीचमा दुई अर्ब ९० करोड मानिसबाट बढेको छ ।’









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया