टुरिजम इन्भेस्टमेन्टको सभा

पोखरा ।
टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडको ५ औँ वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा संस्थाका ज्येष्ठ सेयर सदस्य प्राडा शोभाकान्त लामिछानेले सूचना प्रविधिको प्रयोगले हिजोका साना लगानीकर्ता अहिले अर्बपति बनिसकेको बताए ।
उनले लगानीकर्ताहरु समयसापेक्ष रुपमा चल्न सक्नुपर्नेमा जोड दिए । लामिछानेले टुरिजम इनभेस्टमेन्ट फन्ड लिमिटेडले लगानीका नयाँ आयाम पहिचान गर्ने कसरत गरिराखेको जनाउँदै अध्यक्षको प्रतिवदेनले पनि कम्पनी उत्कृष्ट लयमा रहेको देखाएको उल्लेख गरे ।
संस्थाका अध्यक्ष रामचन्द्र शर्माले फन्डले भौगोलिक रुपमा उच्च पर्यटन सम्भावना भएका क्षेत्रहरुमा लगानी लक्षित गर्नुपर्ने बताए । हस्पिटालिटी, ट्राभल्स, सूचना प्रविधि, इकमर्स, बैंकिङ पूर्वाधार, कृषि, मनोरञ्जन लगायत क्षेत्रमा लगानी गर्दै आएको उनको भनाइ छ ।
दिगो सामुदायिक विकास, प्रभावकारी आर्थिक वृद्धिमा ध्यान दिने लक्ष्यका साथ अगाडि बढेको बताउँदै अध्यक्ष शर्माले कम्पनीले दिगो विकास, उत्तरदायी अभ्यास र दीर्घकालीन लाभ सुरक्षित गर्न मुख्य रणनीति र योजनाहरु कार्यान्वयनमा तत्पर रहनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्र, आवासीय पर्यटन क्षेत्र, वास्तविक उद्योगहरुमा रणनीतिक रुपमा लगानी गर्दै आकर्षक मूल्य सिर्जना गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको उनले बताए ।
आरकेडी होल्डिङ अन्तर्गतका १० कम्पनीमध्ये मुख्य सहायक कम्पनीका रुपमा रहेको टुरिजम इनभेस्टमेन्ट फन्ड लिमिटेडले नेपालमा नवप्रवर्तन र आर्थिक रुपान्तरणका लागि लगानी गर्दै आएको छ । साधारणसभामा कम्पनी सचिव रोमनमान श्रेष्ठले छलफलका विषयहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कार्यकारी सञ्चालक महेश कुमार सिग्देलले रिक्त सञ्चालक समितिको पदपूर्तिबारे छलफल भएको बताए ।सभाले अध्यक्ष रामचन्द्र शर्माले प्रस्तुत गरेको आव २०८१/८२ को प्रतिवेदन र लेखापरिक्षणको प्रतिवेदन पारित गरेको छ । कार्यक्रम सञ्चालक अनिशा श्रेष्ठले गरेकी थिइन् ।
२ अर्ब २१ करोड अधिकृत पुँजी र १ अर्ब ७२ करोड जारी पुँजी रहेको लिमिटेडमा २०.५३ प्रतिशत पब्लिक सेयर छ । यसमा बन्दिपुर केवलकार एन्ड टुरिज्म प्रालि, बिजबजार लि., बुढीमा छिम्केश्वरी दर्शन प्रालि, बन्दीपुर स्काइ वाक एन्ड रिक्रियसन प्रालि, सिद्ध गुफा रोपवे प्रालि, ट्वीन्स टावर अपार्टमेन्ट, लर्ड बुद्ध इन्टरनेसनल गार्डेन, बन्दीपुर बैँक्वेट एन्ड इभेन्ट्स प्रालि, होटल हिमालटन प्रालि, आरकेडी इपोर्ट एन्ड टक्सपोर्ट प्रालि, घुमाउने घर रेष्टुरेन्ट, एर्सोड ट्राभल्स एन्ड टुर्स प्रालि लगायत कम्पनी आबद्ध छन् ।








पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
के मानवीय लेखन लोप हुने संघारमा छ ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया