मिलिजुली टोलमा देवीराम

समाधान संवाददाता २०८२ असार ३० गते ११:१९

पोखरा ।
मिलिजुली टोल विकास संस्था पोखरा २९, खल्याडले शनिबार आठौं साधारणसभा तथा चौथो अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्षमा सुवेदार देवीराम थापा, उपाध्यक्ष सीता आले, सचिव टेकबहादुर थापा, सहसचिव नारायण केसी कोषाध्यक्ष धोजबहादुर गुरुङ र सहकोषाध्यक्षमा कुमार पुन चुनिए ।


सदस्यमा सरिता परियार, ज्योति श्रेष्ठ, केपी पौडेल, नरबहादुर थापा र क्याप्टेन मोहनीलाल थापा निर्वाचित भए । कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले टोल समाजमा भएका समस्याको सम्बोधन गर्दै विकास, निर्माण र सचेतनाका लागि टोल विकास संस्थाले ठूलो भूमिका खेलेको जनाए ।


उनले टोल, बस्तीका आवश्यकता र समस्या समाधान गर्न स्थानीय सरकार सधै तयार रहेको समेत जनाए । टोलका अध्यक्ष युवराज पौडेलले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण प्रस्तुत गरे ।

Advertisement


उनले टोलका समस्या र समाधानका उपायहरु पहिचान गरी सम्बन्धित निकाय र स्थानीयलाई एक ठाउँमा ल्याएर सहकार्य गर्ने काम टोल विकास संस्थाहरुको भएको जनाए । कार्यक्रममा मिलिजुली आमा समूहकी सचिव अञ्जु पौडेलले पनि बोलेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया