पोखरा ३३ को भवनको शिलन्यास

समाधान संवाददाता २०८२ असार ३० गते ११:२१

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ को वडा कार्यालय भवन शिलन्यास भएको छ । ४ करोड ५९ लाख ९७ हजार ६ सय रुपैयाँ लागतमा साढे तीन तले भवन निर्माण हुँदै छ ।


पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले भवन शिलन्यास गरेका छन् । गत वर्ष नै पोखरा महानगरपालिकाबाट छुट्टिएको बजेटबाट २ वर्षमा सम्पन्न हुने गरी निर्माण कार्य सुरु गरिएको वडाध्यक्ष अधिकारी बताउँछन् ।


हाल भइरहेको वडा कार्यालय भवन अत्यन्त सानो र सेवाग्राहीमुखी बनाउन नसकिएको हुँदा अब बन्ने वडा कार्यालय भवनबाट डिजिटल सेवा सेवाग्राहीलाई दिइने उनले बताए । कालिकास्थान चोकमै रहेको करिब साढे ३ रोपनी जग्गामा भवन बनाउन लागिएको हो ।

Advertisement


आगामी २ वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि १ वर्षभित्र नै सम्पन्न गरी वडा कार्यालय सञ्चालनमा ल्याउने ठेकेदार कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया