दृष्टिविहीनलाई सहयोग

समाधान संवाददाता २०८२ असार ३० गते ११:२३

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३१ निवासी संगिता पन्थ अधिकारीले आफ्नो जन्मोत्सवमा अपांगता मैत्री समाज कास्की दृष्टिविहीन आश्रमलाई सहयोग गरेकी छन् । जन्मोत्वसमा गरिने फजुल खर्च घटाएर सामाजका लागि उदाहरणीय काम गर्नुपर्छ भन्ने सन्देश दिदै पन्थले सहयोग गरेकी हुन् ।


उनले आश्रममा बसोबास गर्दै आएका दृष्टिविहीनका लागि आवस्श्क पर्ने खाद्यान्न सहयोग गरेकी हुन् । गत वर्ष अपांगता मैत्री समाज दृष्टिविहीन आश्रममा आगलागी भएपछि पोखरा २६ को नेत्र हीन संघको भवनमा बसोबास गर्दै आएका दृष्टिविहीनको समूहलाई बिहान बेलुकाको छाक टार्न पनि धौ धौ परेको छ । आश्रममा अहिले २०/२५ जना बसोबास गर्दै आएका छन् ।


सहयोग सामग्री होटल टेड्रिङ सेन्टरका निर्देशक पन्थ र संस्थापक अध्यक्ष दीपेन्द्र अधिकारीले आश्रम सञ्चालन समिति अध्यक्ष दण्डपाणि ढकाल र सञ्चालक सुशील गोदारलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया