साइबर अपराध रोक्न सचेतना

पोखरा ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) गण्डकी प्रदेश समिति र जिल्ला समिति कास्कीले आइतबार साइबर अपराध र लागुऔषध न्यूनीकरण र यसले बालबालिकामा पारेको असरको विषयमा अन्तक्र्रिया गरेका छन् ।
मानव अधिकार एलाइन्सको २६ औं स्थापना दिवसको सन्दर्भमा पोखरा १७ महतगौडाको जानकी माविका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको हो । कार्यक्रममा असल छिमेकी सहयोग संघ (गोनसा) पोखराले ४३ इन्चको एलइडी टेलिभिजन प्रदान गरेको छ ।
‘समुदायसँग सँगसँगै’ भन्ने नाराका साथ भएको कार्यक्रममा वरिष्ठ प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराध सचेतना र मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य सवनम शर्माले बाल अधिकारको विषयमा सहजीकरण गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कार्यक्रम उद्घाटन गर्दै इन्टरनेटको बढ्दो पहँुचले साइबर अपराधबाट धेरै बालबालिका प्रभावित भएको बताए । ‘गलत संगत र साथी भाइको लहै लहैमा लागेर बाल बालिका लागुऔषधको कुलतमा फस्न सक्छन्,’ उनले भने, ‘बालबालिकाले राम्रो साथीको संगत गर्न पर्छ । लागुऔषधको कुलतबाट जोगिन गलत व्यक्तिको संगत गर्नु हुँदैन ।’
उनले पछिल्लो समयमा बाल बिज्याईका घटना बढेको जानकारी दिए । उनले बालबालिकाको श्रम शोषणका लागि स्पा सेन्टर र मसाज सेन्टरमा प्रयोग गरिएको बताए । मानव अधिकार एलाइन्स गण्डकी प्रदेशका अध्यक्ष बुद्धिबहादुर थापाले एलाइन्सले नागरिक संस्थालाई सचेत र संगठित गरी मानव अधिकार आन्दोलनलाई अगाडि बढाएको बताए । उनले राजनीतिभन्दा माथि उठेर मानव अधिकारको मुद्दालाई निश्पक्ष रुपमा उठाउने जानकारी दिए ।
थापाले राज्यका निकायलाई वातावरणको सन्तुलन र दिगो विकासका लागि मानव अधिकारमैत्री विकास पद्धतिलाई अबलम्बन गर्न सुझाव दिए । उनले एलाइन्सले पालिकादेखि टोलसम्म संगठन विस्तारको अवधारणा ल्याएको उल्लेख गरे ।
कार्यक्रममा पोखरा १७ का वडा सदस्य शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेल, गोनेसा पोखरा महासचिव श्याम कुँवर, मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष मधु पन्थी, सचिव रमेश सुवेदी लगायतले कार्यक्रममा बोलेका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया