श्रमिकलाई सम्मान

समाधान संवाददाता २०८२ असार ३० गते १५:१२

लेखनाथ ।
सिर्जना बहिरा स्कुल पछाडिबाट सृजनशील टोलतर्फ जाने बाटो स्तरोन्नतिमा सक्रिय श्रमिकहरूलाई सम्मान गरिएको छ । ‘राम्रो काम गरेमा गाली होइन, सम्मान पाइन्छ’ भन्ने भनाइलाई सार्थकता दिँदै उपभोक्ता समिति अर्घौंले निर्माण कार्यमा समर्पित श्रमिकलाई सम्मान गरेको हो ।


पोखरा महानगरपालिका वडा नं. २६ को २० लाख रुपैयाँ र उपभोक्ता समितिमार्फत ३ लाख ५८ हजार ७८३ रुपैयाँ ८४ पैसाको रकम जुटाई २३ लाख ५८ हजार ७ सय ८३ रुपैयाँ लागतमा १ सय ४५ मिटर ढलान सडक र दुबै किनारामा नाला निर्माण गरिएको छ । उपभोक्ता समिति तथा अनुगमन समितिले उनीहरूलाई नगद पुरस्कार, खादा, टीका र फूलमालासहित सम्मान गरेको हो ।


उपभोक्ता समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अनुगमन समिति सदस्य नारायणदत्त बस्ताकोटी, गणेशभक्त अधिकारी र सृजनशील टोल विकास समिति अध्यक्ष हरिबहादुर लामिछानेले बाटो स्तरीय रूपमा निर्माण भएकोमा समिति र श्रमिक टिमलाई धन्यवाद दिएका थिए ।

Advertisement


श्रमिकको तर्फबाट भीमबहादुर बुढाथोकी, अर्जुन तामाङ र राजेन्द्र घर्तिमगरले काम गर्दै गर्दा उपभोक्ता समिति र स्थानीयबाट माया र सद्भाव पाएको र कामको मूल्यांकनस्वरूप सम्मान पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

Advertisement

तपाईको प्रतिक्रिया