सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नवलपुर जिल्ला अन्तर्गत निजी तथा आवासीय विद्यालय लोकाह इकाई कमिटीको भेला भएको छ । भेलाले अध्यक्ष गोविन्द भट्टराईको नेतृत्वमा ७ सदस्यीय इकाई कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्ष धनबहादुर सारु, सचिव कृष्णबहादुर ठाडामगर, सहसचिव बाबुराम घिमिरे, कोषाध्यक्ष सन्तबहादुर तामाङ निर्वाचित भएको स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । कमिटीको सदस्यमा छविलाल काफ्ले र लालबहादुर क्षत्री छन् । कमिटीको सल्लाहकारमा हरि गिरी, श्यामलाल काफ्ले र धनप्रसाद सिलवाल निर्वाचित भएका छन् ।
यसैबीच नवलपुरको कावासोती नगरपालिकाको डण्डामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकको सूचीकरणको सवालमा छलफल कार्यक्रम भएको छ । सो अवसरमा श्रम ऐनको कार्यान्वयन र सवारी दुर्घटना न्युनीकरणको लागि सचेतना मुलक कार्यक्रम समेत भएको छ । कार्यक्रममा यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष केसीले सबै क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य कार्यान्वयन गर्न माग गरे ।
औपचारिक, विदेशमा काम गर्न जाने श्रमिकहँुदै अनौपचारिक क्षेत्रका श्रमिक समेत सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न सुरुवात गरिएको जानकारी दिदै उनले यातायात क्षेत्रका श्रमिकलाई कोषमा सूचीकृत गर्न रोजगारदाता संस्थासँग पहल भइरहेको उल्लेख गरे ।
‘सुरक्षा कोषमा धेरै भन्दा धेरै सूचिकृत गर्न सके श्रमिकको जीवनमा दुरगामी रुपमा सकारात्मक प्रभाव पर्छ,’उनले भने, ‘संगठनले यातायात क्षेत्रका श्रमिकलाई कोषमा समेट्नको लागि अभियान चलाएको छ ।’ उनले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा सामाजिक सुरक्षा योजना प्रभावकारी रुपमा कार्यान्वयन हुने दाबी गरे ।
कार्यक्रममा यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका उपाध्यक्ष बेनीराज थिङले कार्यक्रमको क्रममा संगठनको सदस्यता विस्तार तथा नवीकरण अभियान सञ्चालन गरेको बताए । कार्यक्रममा संगठन नवलपुरका अध्यक्ष सुदिप ढकाल, निजी तथा आवासीय विद्यालय इकाइका सल्लाहकार हरि गिरी लगायतले बोलेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया