ब्याग बनाउने तालिम

पोखरा ।
सिद्धार्थ क्लब पोखराले १६ जना महिलाको सहभागितामा ब्याग बनाउने तालिम क्लब सचिवालय भवन, सिद्धार्थचोकमा सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले तालिमले महिलाहरूलाई स्वरोजगारमा लाग्न र आर्थिक रुपमा आत्मनिर्भर बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
कार्यक्रम संयोजक इन्दिरा मर्सानी श्रेष्ठले तालिमको सदुपयोग गर्न अनुरोध गर्दै थप तालिमको व्यवस्थाका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाइन् । प्रशिक्षक सत्य श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्दै इच्छुक महिलालाई उद्यमशील बनाउन आफ्नो पूर्ण सहयोग रहने बताए ।
कार्यक्रम सहभागी भदु कुँवरले आयोजक संस्थालाई धन्यवाद दिँदै तालिममा सिकाइएका सीपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाइन् । असार २९ र ३० गते दुई दिनसम्म सञ्चालित तालिममा क्लबका महिला सदस्य तथा स्थानीय संघ–संस्थाका महिलालगायत १६ जना सहभागीलाई कपडाको ब्याग (झोला) बनाउने तालिम प्रदान गरिएको थियो ।







निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया