पोखरा युनाइटेड एकेडेमीमा प्राथमिक उपचार तालिम

समाधान संवाददाता २०८२ असार ३१ गते १४:२७

पोखरा ।
पोखरा युनाइटेड एकेडेमीको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, कास्कीको समन्वयमा दुई दिने प्राथमिक उपचार तालिम भएको छ । असार २९ र ३० गते सञ्चालन भएको तालिम विद्यालय परिसरमै आयोजित थियो ।


कार्यक्रमको सभापतित्व विद्यालय अध्यक्ष शिवबहादुर भण्डारीले गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कास्कीका सदस्य सूर्यप्रसाद भण्डारी, प्रमुख कार्यकारी अधिकृत महेन्द्र गोदार, सहप्राचार्यद्वय देवेन्द्र अधिकारी र गोविन्द चापागाईं, तथा रेडक्रस पोखरा–१२ उपशाखाका उपसचिव रामचन्द्र अधिकारी अतिथि थिए ।


कार्यक्रमको स्वागत मन्तव्य सहप्राचार्य देवेन्द्र अधिकारीले राखे भने समापन अध्यक्ष शिवबहादुर भण्डारीले गर्नु भयो। अध्यक्ष भण्डारीले तालिमले ‘मानवता र सेवा भाव सिकाएको’ उल्लेख गर्दै यस्ता तालिमहरू विद्यार्थीकै हितमा हुने बताए । सहप्राचार्य अधिकारीले तालिमबाट विद्यार्थीहरूमा सकारात्मक सोच र सामाजिक जिम्मेवारीको विकास भएको धारणा राखे ।

Advertisement


तालिममा उत्कृष्ट सहभागिता जनाएका रोज्मी तामाङ, प्रवेश सापकोटा, आशिस्मा कुइँकेल र सोफिया गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका शोभा भट्टराईले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया