भक्तपुर मालपोत कार्यालयका प्रमुख र सहयोगी घुससहित पक्राउ

काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार कार्यालयबाटै २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो ।
आयोगका अनुसार, भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गाको मोही र तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि उनीहरुले घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोही उजुरीका आधारमा अख्तियारको टोलीले कार्यालयमा छापा मारेको थियो ।
पक्राउ परेका कार्यालय प्रमुख ५४ वर्षीय आचार्य उदयपुरको बेलका नगरपालिका-४ का स्थायी बासिन्दा हुन् भने हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ मा बस्दै आएका छन् । त्यसैगरी, ५१ वर्षीय कार्यालय सहयोगी राउत भक्तपुरको चाँगुनारायण नगरपालिका-९ का स्थायी बासिन्दा भई हाल मध्यपुर ठिमी नगरपालिका-१ मा बसोबास गर्छन् ।
अख्तियारले आचार्यको साथबाट दुईवटा मोबाइल पनि बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।








हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा
घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया