अध्यागमनमा तिवारी र विमानस्थलमा घिमिरे : पाँच सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ। गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित पाँच जना सहसचिवको सरुवा गरेको छ।
मन्त्रालयले सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। यसअघि मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका तिवारीले गोविन्दप्रसाद रिजालको स्थान लिएका हुन्। रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा सहसचिव नरहरि घिमिरेलाई पठाइएको छ।उनले हाल खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका थिए। घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको भूमिका पनि निर्वाह गरिसकेका छन्।
विमानस्थल अध्यागमन कार्यालयका हालका प्रमुख विष्णुप्रसाद कोइरालालाई गृह मन्त्रालयमा तानिएको छ। यसैगरी, गृह मन्त्रालयमा कार्यरत सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।








हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदधारीबाटै इमानदार पहल आवश्यक : मन्त्री थापा
घरको फोहोर पानी मिसाउन पक्की सडकको नाली फुटाइयो, कानुन विपरीत गर्नेको विवरण संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया