ब्रह्मरुपा माविलाई स्मार्टबोर्ड

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. ३२ कार्यालयमार्फत सोही वडामा रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयलाई स्मार्टबोर्ड हस्तान्तरण गरिएको छ । वडाध्यक्ष अक्कलबहादुर कार्कीले सोमबार विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीलाई स्मार्टबोर्ड हस्तान्तरण गरे ।
७५ इन्चको आकार भएको यो स्मार्टबोर्डको मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ । विद्यालयमा यसअघि पनि विभिन्न शीर्षकमा स्मार्टबोर्ड प्रयोग हुँदै आएको थियो । प्रविधिमैत्री शिक्षाका लागि यो थप योगदान हुने विश्वास लिइएको छ ।
ब्रह्मरुपा मावि कास्की जिल्लाकै उत्कृष्ट प्राविधिक धार अन्तर्गतको विद्यालय हो, जहाँ हाल ८ सयभन्दा बढी विद्यार्थी छन् । २०६१ सालदेखि कक्षा ६ देखि १२ सम्म कम्प्युटर विज्ञान विषय पढाइ हुँदै आएको छ । एक दशकअघिदेखि यहाँ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषयमा समेत अध्यापन हुँदै आएको छ ।
शैक्षिक गुणस्तर र प्रविधियुक्त शिक्षामा कास्कीको पूर्वी क्षेत्रमा अब्बल मानिएको यस विद्यालयमा कास्कीसहित अन्य जिल्लाबाट समेत विद्यार्थीहरु प्राविधिक धारअन्तर्गत कम्प्युटर इन्जिनियरिङ पढ्न आउने गरेका छन् । विद्यालयमा छात्रावास र यातायातको पनि व्यवस्था गरिएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया