क्लासिक टेक १६ वर्षमा

काठमाडौं ।
नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा स्थापना भएको यस कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि ‘जतिमा चाहियो, त्यतिमा पाइयो!’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो बजेटअनुसारको मूल्यमा इन्टरनेट, आईपीटीभी तथा वाइफाइ–६ राउटरसहितको प्याकेज प्राप्त गर्न सक्नेछन् । ग्राहकको सुविधालाई ध्यानमा राख्दै उनीहरूले चाहेकै मूल्यमा सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
स्थापनाकालदेखि नै नेटवर्क विस्तारमा आक्रामक देखिएको क्लासिक टेकले हाल देशका ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीले १०४ वटा शाखा कार्यालयहरूमार्फत फाइबर–टु–द–होम (एफटिटिएच) र वायरलेस प्रविधिबाट उच्च गतिको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदान गर्दै आएको छ ।
आफ्नै डेटा सेन्टर, कन्टेन्ट डेलिभरी नेटवर्क (सिडिएन), र अत्याधुनिक प्रविधि (आइपिभी सिक्स) जस्ता पूर्वाधारमा लगानी गरेकाले कम्पनीको सेवा थप गुणस्तरीय र विश्वसनीय रहेको दाबी गरिएको छ । साथै, ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनीले वाइफाइ–६ प्रविधियुक्त राउटर उपलब्ध गराउँदै आएको छ ।
ग्राहक सेवालाई प्राथमिकतामा राखेको बताउने क्लासिक टेकले वर्षको ३६५ दिन नै २४ घण्टा कल सेन्टर र १२ घण्टा फिल्ड सपोर्ट सेवा दिइरहेको छ ।
यस नयाँ अफरबारे थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट वा फोन नम्बर ९७०९१८४१४७ मा सम्पर्क गर्न सकिनेछ ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया