जलधारे सहकारीको उद्यमशीलता तालिम

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को बुढीबजारमा रहेको जलधारे बचत तथा ऋण सहकारी संस्थाले महिला सेयर सदस्यहरूका लागि उद्यमशीलता तालिम प्रदान गरेको छ । महिलाहरूमा ज्ञान र सीप वृद्धि गरी आयआर्जनमा जोडिन सहज बनाउने उद्देश्यले संस्थाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना ३० जना महिला शेयर सदस्यहरूलाई बुकेट बनाउने २ दिने तालिमको आयोजना गरेको हो ।
स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थको प्रयोग गरी आयआर्जन गर्न सकिने उद्देश्यले आयोजित तालिमको समापन समारोहमा बोल्दै संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले तालिममा सिकेका सीपको प्रयोग गरी व्यावसायिक उत्पादनमा जोडिन आग्रह गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका अधिकारीले महिलाहरूको सीप विकासका लागि संघले समय–समयमा तालिमको आयोजना गरिरहेकाले थप तालिम आवश्यक परेमा संघले सहयोग गर्ने बताएकी थिइन् ।
कार्यक्रम सञ्चालक सिर्जना तिवारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट खोमकुमारी अधिकारी र पार्वती न्यौपानेले तालिम फलदायी र जीवनउपयोगी भएको प्रतिक्रिया दिएका थिए । प्रशिक्षक मेनुका श्रेष्ठले हस्तकलाका सामग्रीको उत्पादन महत्वपूर्ण भएको र यसका लागि बजारको कुनै समस्या नरहेको बताएकी थिइन् ।
जलधारे बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष शारदादेवी बरालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन कार्यालय सहायक बिजना ढुंगानाले गरेकी थिइन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया