
जोमसोम ।
मुस्ताङका सरकारी कार्यालयहरुले गएको वर्ष ३ अर्ब ६८ करोड बजेट खर्च गरेका छन् आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजित ४ अर्ब १७ करोड ५२ लाख बजेटमध्ये ८८ प्रतिशत खर्च भएको हो ।
उल्लेखित बजेट खर्च २०८२ को असार २५ गतेसम्मको अभिलेख रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङका २३ वटा संघीय कार्यालय र १२ वटा प्रदेश कार्यालयका लागि विनियोजित बजेटको चालुतर्फ २ अर्ब ५६ करोड ७८ लाखमध्ये २ अर्ब ३३ करोड ३५ लाख अर्थात कुल चालु बजेटको ९०.८८ प्रतिशत बजेट खर्च भएको हो ।
संघ तथा प्रदेशको कुल पुँजीगत बजेट १ अर्ब ६० करोड ७३ लाखमध्ये १ अर्ब ३४ करोड ६८ लाख अर्थात ८३.७९ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कार्यालय प्रमुख जब्बरबहादुर भण्डारीलेसंघीय सरकारतर्फ चालु र पुँजीगत गरी ३ अर्ब ३० करोड ४२ लाख बजेटमध्ये असार २५ गतेसम्म ३ अर्ब ४ करोड ७८ लाख अर्थात ९२.१५ प्रतिशत बजेट निकासा भएको हो ।
मुस्ताङमा आर्थिक वर्ष २०८१/०८२ मा ८ करोड ९८ लाख २४ हजार राजस्व संकलन
संघीयतर्फको कुल चालु बजेट २ अर्ब २२ करोड ६१ लाखमध्ये २ अर्ब ९ करोड ७ लाख अर्थात ९३.९२ प्रतिशत बजेट खर्च भएको छ । संघीय पुँजीगततर्फ कुल बजेट १ अर्ब ८ करोड १२ लाखमध्ये ९५ करोड ७० लाख अर्थात ८८.५२ प्रतिशत बजेट खर्च भएको हो ।
प्रादेशिक सरकारतर्फको चालु र पुँजीगत बजेट ८६ करोड ७७ लाखमध्ये ६३ करोड २६ लाख अर्थात ७२.९० प्रतिशत बजेट खर्च भएको हो ।
प्रादेशिक चालु बजेट ३४ करोड १६ लाखमध्ये २४ करोड २८ लाख अर्थात ७१.०७ प्रतिशत बजेट खर्च भएको छ । प्रादेशिक पुँजीगत बजेट ५२ करोड ६१ लाखमध्ये ३८ करोड ९८ लाख अर्थात ७४.०९ प्रतिशत बजेट खर्च भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कार्यालय प्रमुख भण्डारीले असार २५ गतेसम्ममा संघ तथा प्रदेशको खर्चमध्ये संघीय सरकारतर्फ थप करिब ३ करोड खर्च बढ्न सक्ने जानकारी दिए । राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजना र शीतोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङको पूर्वाधार निर्माणतर्फ केही बिल भुक्तानी बाँकी रहेकाले बजेट खर्चको आंकडा वृद्धि हुन सक्ने उनको भनाइ छ ।
भण्डारीका अनुसार चालु आर्थिक वर्षपश्चात हुने संघीय सरकारतर्फको खर्च र स्थानीय तहबाट फिर्ता हुने अनुदान बजेटसमेत गरी अन्तिम खर्च निकासी असार महिनापछि मात्रै यकिन हुने उनको भनाइ छ ।
हिमाली जिल्ला मुस्ताङमा आर्थिक वर्ष २०८१/०८२ मा संघ तथा प्रदेश राजस्व ८ करोड ९८ लाख २४ हजार संकलन भएको कोष नियन्त्रक भण्डारीले जानकारी दिए । संघीयतर्फ ७ करोड ३९ लाख र प्रदेशतर्फ १ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया