आइएमई पे र खल्ती गाभिएर बने देशकै ठूलो डिजिटल वालेट

काठमाडौं ।
डिजिटल भुक्तानी सेवाप्रदायक आइएमई पे र खल्ती एकआपसमा गाभिएर ‘खल्ती बाई आइएमई’ को नामबाट एकीकृत कारोबार सुरु गरेका छन्। नेपालको वालेट बजारमा यो पहिलो मर्जर हो, जससँगै ‘खल्ती बाई आइएमई’ देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनेको छ।
बिहीबार काठमाडौँमा आयोजित एक समारोहबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारका लागि अनुमतिपत्र हस्तान्तरण गरे। मर्जरपछि गठित नयाँ सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा, दिवाकर पौडेल, सीताराम थापा, प्रवीण रेग्मी, अमित अग्रवाल, अरविन्द साह र मनिष मोदी रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी विनय खड्काले पाएका छन्।
कार्यक्रममा डेपुटी गभर्नर मिश्रले डिजिटल भुक्तानीले वित्तीय पारदर्शिता बढाउने भन्दै सबै क्षेत्रमा यसको प्रयोग आवश्यक रहेको बताए। उनले नयाँ संस्थालाई सुरक्षित, सरल र सबल भुक्तानी प्लेटफर्मका रूपमा अगाडि बढ्न शुभकामना दिए।
आइएमई पेका अध्यक्ष कृष्णप्रसाद शर्माले यो एकताले ‘डिजिटल नेपाल’को अभियानलाई नयाँ गति दिने विश्वास व्यक्त गरे। त्यसैगरी, खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले यसलाई नेपाली वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम भन्दै यसले वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने दाबी गरे।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार गर्ने, साक्षरता बढाउने र वित्तीय समावेशीकरणका लागि नयाँ योजनाहरू ल्याउने प्रतिबद्धता जनाए।
समारोहमा आइएमई ग्रुपका सहअध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकालले डिजिटल भुक्तानी नेपालको अर्थतन्त्रका लागि अपरिहार्य रहेकोमा जोड दिए। मर्जरपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड ५४ लाख रुपैयाँभन्दा बढी पुगेको छ भने दुवै वालेटका गरी कुल १ करोड २७ लाख प्रयोगकर्ता रहेका छन्।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया