तालचोकमा ९९ रुपैयाँमा पिज्जा

समाधान संवाददाता २०८२ साउन २ गते १२:२४

पोखरा ।
लेखनाथको तालचोकमा युवाहरूलाई लक्षित गरेर ९९ रुपैयाँमै पिज्जा पाइने भएको छ । मुख्यतः स्कुल–कलेज पढ्ने विद्यार्थीहरूलाई लक्ष्य गरेर खाजाको रूपमा खान सहज हुने उद्देश्यका साथ २०८२ साल साउन १ गते विधिवत रूपमा अभिस पिज्जाको सुरुआत गरिएको छ ।


लेखनाथको क्षेत्रमा मम–चाउमिनको विकल्पको रूपमा पिज्जाको स्वाद दिन खोजिएको अभिस पिज्जाका सञ्चालक युवा व्यवसायी अविरल ओझाले बताए । करिब ६ लाख रुपैयाँको लगानीमा लेखनाथको मुटु तालचोकमा नयाँ ढंगका साथ व्यवसाय सञ्चालन गर्न लागिएको उनले बताए । युवाहरूलाई स्वदेशमै रोजगारी पनि सिर्जना गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया