इनरह्विल पोखराको पदस्थापन

पोखरा ।
इनरह्विल क्लब पोखराको १३ औँ पदस्थापना समारोह बिहीाबर पोखरामा भएको छ । सन् २०२४/२५ की अध्यक्ष गीता गौली केÞसीले सन् २०२५/२६ की अध्यक्ष मेनुका श्रेष्ठ लाभाजूलाई पद तथा अन्य जिम्मेवारी हस्तान्तरण गरिन् ।
डिस्ट्रिक ३५० की अध्यक्ष कमला श्रेष्ठले इनरह्विल क्लबको संख्या थप बढाउनुपर्ने आवश्यकता दिँदै महिला सशक्तीकरणमा जरुरी भएको औंल्याइन् । इनरह्विल क्लब नेपालकी प्रतिनिधि सरसीज पालिखेले यस क्लबले महिलाको नेतृत्व विकासमा सघाएको जनाइन् ।
नवनिर्वाचित अध्यक्ष लाभाजुले सबैको साथ भएमा लक्ष्य प्राप्त गर्न सजिलो विचार राखिन् । कार्यक्रममा कार्यक्रम संयोजक मिनाकुमारी शर्मा ढकाल, रोटरी क्लब न्युरोडका संस्थापक अध्यक्ष रविप्रसाद बराल, सचिव यमुना श्रेष्ठ, कोषाध्यक्ष सरस्वती तझ्या, रोटरी क्लब न्युरोडका अध्यक्ष अमृतराज, अञ्जु चालिसे, बिन्दु केसी, यसोदा बास्तोला, इसिता चालिसे लगायतले बोलेका थिए ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया