शनिबार रातिदेखि देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

काठमाडौं।
भारतको उत्तरप्रदेशमा रहेको मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले शनिबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ। यसको प्रभावले सोमबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार दिउँसोसम्म मौसम सामान्य रहने भए पनि रातिदेखि भने वर्षाको मात्रा बढ्दै जानेछ। विभागका मौसमविद् सन्जिव अधिकारीले भारतको उत्तरप्रदेश नजिक रहेको न्यूनचापीय रेखा उत्तरतर्फ (नेपालतर्फ) सर्ने संकेत देखिएकाले वर्षा बढ्ने जानकारी दिनुभयो।
उहाँका अनुसार, यसअघि बंगालको खाडीबाट आएको प्रणाली बिहार हुँदै अन्यत्र मोडिएकाले त्यसको बाहिरी प्रभावले मात्र छोएर तराईका केही स्थानमा हल्का वर्षा भएको थियो। तर, अब सक्रिय हुन लागेको नयाँ प्रणाली भने तुलनात्मक रूपमा शक्तिशाली हुने अनुमान छ। अधिकारीले भन्नुभयो, “शनिबार रातिदेखि सुरु हुने वर्षा आइतबार र सोमबारसम्म थप सशक्त भई भारी वर्षामा परिणत हुनसक्छ। हामीले अवस्थालाई निरन्तर अध्यावधिक गरिरहनेछौँ।”
यस्तै, त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले पनि शनिबार रातिदेखि पूर्वी नेपालबाट सुरु हुने भारी वर्षा सोमबारसम्म देशभर फैलने पूर्वानुमान रहेको बताउनुभयो। बदलिँदो मौसमलाई ध्यानमा राख्दै उहाँले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया