पोखराको बसपार्क आसपासमा गाँजाको बोट नष्ट

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले शनिबार पुरानो बसपार्क क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा बसपार्क क्षेत्रको कृष्ण टोल, पार्वती टोल, शिव टोल र शुभकामना टोलका लगायतका स्थानमा रहेका करिब ५ सय बोट गाँजा फडानी गरिएको सेवा केन्द्रका अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र पृथ्वीचोक सहयोग उपसमिति सदस्य रुपा केसीको संयोजकत्वमा भएको कार्यक्रममा कृष्णटोल आमा समूह लगायतका स्थानीय आमा समूहहरु, टोल विकास संस्था, सेवा केन्द्रका कार्यसमिति सदस्य, सहयोग उपसमिति सदस्य तथा प्रहरी कर्मचारीको समेत सक्रिय सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष श्रेष्ठले जथाभावी रुपमा हुर्के बढेका गाँजाको सेवन तथा कारोबारको कारण अपराधका घटना बढेकोले नष्ट गर्ने अभियान गरेको बताए ।
‘व्यक्तिले घर कम्पाउन्ड भित्र तथा सार्वजनिक स्थलमा उम्रेर हुर्के बढेका गाँजाको प्रयोग तथा सेवनको कारण अपराधका घटना भएका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘लागु औषधका प्रयोगकर्ता बढेसँगै अपराधका घटना मात्र होइन, टोल समाजमा असुरक्षा समेत बढेको छ ।’ उनले विकृति विसंगति बिरुद्धका अभियान सञ्चालन गरेको सेवा केन्द्रले नियमित रुपमा गाँजा फडानी गरी नष्ट गर्ने कार्यक्रम गरेको बताए । उनले सामुदायिक सेवा केन्द्रको अभियानमा सबै क्षेत्रको साथ समर्थन र सहयोग रहेको दिए ।
सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशीले फडानी गरिएको गाँजा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीमा लगेर नष्ट गरिएको बताए । यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीको विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट फडानी गरी नष्ट गर्ने अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा गरेर करिब ५ हजार ५ सय गाँजाका बोटहरु स्थानीय जनप्रतिनिधि, समाजसेवीहरुको रोहबरमा फँडानी गरी नष्ट गरिएको छ ।
वडा प्रहरी कार्यालय बैदाम तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर २४ गौरीगाउँ ढावा एरियामा सार्वजनिक तथा निजी जग्गामा हुर्के बढेका ४ हजार बोट गाँजा काटेर नष्ट गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय शिसुवा कास्की तथा मातहतका प्रहरीका युनिटबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर ३३ को कपासे बस्ती, सिप्लिङ तारा लगायतका क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका १ हजार ५ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया