‘अहिले उठेको पार्टीका नेतृत्वको सवाल बेमौसमी बाजा’

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा नेकपा (एमाले ) जिल्ला कमिटी कास्कीले शनिबार जिल्ला भेला गरेको छ । भेलामा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टीको स्थापना कालदेखिनै विखण्डन र विभाजनको मार व्यहोर्दै आएको बताए । स्थापना भएको २००६ सालदेखि २०८२सम्म पार्टीले यस्तै नियती भोग्दै आएको जानकारी दिदै उनले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन हुँदा नहुँदै नेतृत्वको सवालमा केही समस्या आएको उल्लेख गरे ।
उनले पार्टीलाई विधिसम्मत ढंगले चलाउनको लागि राजकीय र कार्यकारी पदमा पुगेको व्यक्तिको बारेमा प्रष्ट किटान हुनु पर्ने चर्चा गरे । उनले अबको महाधिवेशनबाट ठिकबाटो समात्ने, एकताबद्ध पार्टी र बलियो नेतृत्व बन्ने विश्वास व्यक्त गरे । उनले पुष्पलालले कम्युनिस्ट पार्टी भित्रको सवैभन्दा ठुलो दुश्मन पार्टी भित्रको गुट र उपगुट भएको बताएको स्मरण गराए । ‘पार्टीको सबभन्दा ठुलो शत्रु गुटबन्दी हो,’ उनले भने, ‘गुटबन्दी मौलाएर तलसम्म गाइजात्रा छ ।’ उनले अर्थतन्त्रमा सुधार र राजनीतिक स्थायित्व कायम हुन लागेको बेलामा घुस प्रकरणको अडियोले सबै उपलब्धिलाई कमजोर बनाएको बताए । सबै विषयवस्तु जस्ताको तस्तै वाहिर आउन पर्ने उल्लेख गर्दै उनले गतल कामको भारी पार्टीले बोक्न नसक्ने तर्क गरे ।
एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले आसन्न राष्ट्रिय महाधिवेशनमा विचार, नीति र नेतृत्वको बारेमा वहस हुने बताए । पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टीको नेतृत्वमा आउने या नआउन सक्ने निर्णय सर्वोच्च निकाय महाधिवेशनले गर्ने जानकारी दिदै उनले अहिले चर्चा परिचर्चा हुनु बेमौसमी बाजा भएको तर्क गरे । सो सवालमा नेता तथा कार्यकर्तालाई पर्ख र हेरको अबस्थामा बस्न निर्देशन दिदै उनले फेसबुकमा रंगाउने काम बन्द गर्न आग्रह गरे ।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा एमाले कास्कीले आगामी साउन ७ गते प्रशिक्षणात्मक भेला गर्ने जानकारी दिदै उनले विचारका हिसाबले अब्बल तथा कुशल प्रशिक्षक उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न विधान महाधिवेशन र ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा प्रष्ट पार्ने बताए । ७ साउन २०३५ सालमा निधन भएका पुष्पलालको स्मृति दिवस साउन ५, ६ र ७ गते विविध कार्यक्रम मनाउने उनले जानकारी दिए ।
उनले पोखरा ७ नुवारथोकको पुष्पलाल स्मृति पार्क सरसफाई, पोखरा २१ फेदीपाटनको पुष्पलाल अध्ययन केन्द्रमा कार्यक्रम, रक्तदान र प्रवचन कार्यक्रम राखेको बताए । नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक प्रवचन कार्यक्रममा जिल्ला सल्लाहकार परिषद्का सदस्य र निर्वाचन क्षेत्र समन्वय परिषदका सदस्यको सामूहिक रुपमा सपथ गराउने कार्यक्रम तय भएको छ । एमाले कास्कीको जिल्ला भेलामा उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामाले बोलेका थिए ।







ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
माधव वियोगी साहित्य पुरस्कार विनोदीलाई, उदासी र घिमिरेलाई सम्मान
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया