पर्वतमा पहिरोले घर पुर्दा वृद्ध दम्पती बेपत्ता, उद्धारमा कठिनाइ

समाधान संवाददाता २०८२ साउन ४ गते ९:३६

पोखरा – अविरल वर्षापछि आएको पहिरोले पर्वतमा एक घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन्। उद्धारका लागि खटिएको प्रहरी टोलीले खराब मौसमका कारण काम थाल्न सकेको छैन ।

पर्वतको मोदी गाउँपालिका–३, लाङदीमा आइतबार बिहान करिब ४ बजे ७६ वर्षीय छविलाल बिकको घरलाई करिब १५ मिटर माथिबाट खसेको पहिरोले पुरेको हो। वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीका अनुसार, पहिरोमा परी छविलाल र उनकी श्रीमती विष्णुमती बेपत्ता भएका छन्। घरमा रहेकी उनीहरुकी ३२ वर्षीया बुहारी पवित्रा बिक भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।

पर्वतका प्रहरी प्रमुख डिएसपी रविन विष्टले घटनाबारे जानकारी आएलगत्तै डिमुवा प्रहरी चौकीबाट टोली खटाइएको बताए ।

Advertisement

वडाध्यक्ष क्षेत्रीका अनुसार, गत वर्षको पहिरोले पनि उक्त घरको भित्ता भत्काएको थियो र गाउँपालिकाले सो घरलाई उच्च जोखिममा राख्दै परिवारलाई सतर्क रहन चेतावनी दिएको थियो।

पोखरामा पनि वर्षाको वितण्डा

Advertisement

यसैबीच, कास्कीको पोखरा–१३, ढल्केपुरमा पनि भारी वर्षाले क्षति पुर्‍याएको छ। काँहुखोला नहरको पानी पसेर दीपा लामाको एकतले घर बगाएको कास्की प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया