पोखरा फाइनान्स र समृद्धि फाइनान्स गाभिए

समाधान संवाददाता २०८२ साउन ४ गते ११:२१

पोखरा ।

Advertisement

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड मर्जर हुने भएकाे छ । आइतबार बिहान पोखरा फाइनान्सका तर्फबाट मर्जर समिति संयाेजक तिलबहादुर गुरुङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

मर्जरपछि एकीकृत संस्था पोखरा फाइनान्स लिमिटेड नाममै सञ्चालन हुने तय भएको छ। मर्जर १:१ अनुपातमा हुने सहमति भएको छ।

Advertisement

दुवै संस्थाले नियामकीय प्रक्रिया पूरा गरी मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएका छन्। मर्जर प्रक्रिया अघि बढेसँगै आज बाट दुवै फाइनान्स कम्पनीको सेयर कारोबार नेप्सेमा रोक्का हुनेछ ।

पोखरा फाइनान्स पुँजी १ अर्ब ८ कराेड छ भने केन्द्रिय कार्यालय हेटाैंडास्थित रहेकाे समृद्धि फाइनान्सकाे पुँजी ८१ कराेड रहेकाे पोखरा फाइनान्सका अध्यक्ष राजकुमार गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया