कास्कीको लुम्ले र पर्वतको पञ्चासेमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह

समाधान संवाददाता २०८२ साउन ४ गते १३:२४

पोखरा ।


कास्कीको लुम्ले र पर्वतको पञ्चासेमा अत्याधिक वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।


‘यी क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाईराखौँ,’ जल तथा मौसम विज्ञान विभागको विज्ञप्तिमा भनिएको छ ।
लुम्लेमा बितेको २४ घन्टामा २ सय ४ मिलिमिटर पानी परेको भन्दै विभागले सूचना जारी गरेको हो । यो तथ्यांक खतराको संकेत हो । यस्तै, पर्वतको पञ्चासेमा बितेको २४ घन्टामा १ सय ५२ मिलिमिटर पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो तथ्यांक पनि खतराको संकेत हो ।

Advertisement


विभागले लुम्ले र पञ्चासेमा अत्याधिक वर्षा भएपछि नारायणी नदी आसपासका क्षेत्रमा सचेत रहन आग्रह गरेको छ ।
आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन विभागले आग्रह गरेको हो । विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया