लुम्लेमा अत्याधिक वर्षा, पोखरा–१३ मा नहर भत्कियो

पोखरा ।
कास्कीको लुम्ले र पर्वतको पञ्चासे क्षेत्रमा अत्याधिक वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
यता, अत्याधिक वर्षासँगै पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । शनिबार राति आएको बाढीले सिद्द्थानदेखि तल घटेखोला पुलसम्मको क्षेत्रमा क्षति पु¥याएको स्थानीयवासीले जनाएका छन् । बाढीका कारण नहर भत्किएको र आसपासका क्षेत्रको भौतिक संरचनामा क्षति पुगेको वडाध्यक्ष किराण बरालले जानकारी दिएका छन् । उनले सबैलाई सतर्क रहन आग्रह गर्दै सहयोगमा जुट्न आह्वान गरेका छन् । ‘सबैजना सतर्क रहौं, सबैले साथ सहयोग गरौं,’ वडाध्यक्ष बरालले आग्रह गरेका छन् । उनका अनुसार खोलामा बनाइएको बाँध फुटेर आएको बाढीले स्थानीयको दुइटा घरको क्षति पुगेकाे छ ।
यस्तै, गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व ऊर्जा मन्त्री वेदबहादुर गुरुङ श्यामले घटेखोला पुलसम्म ठुलो क्षति पु¥याएको जानकारी दिए । उनले स्थानीय तह, प्रदेश सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूलाई आवश्यक तत्कालीन राहत तथा पुनःस्थापना कार्यमा जुट्न आग्रह गरेका छन् । उनले सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
लुम्ले र पञ्चासेमा अध्ययाधिक वर्षा भएपछि जल तथा मौसम विभाग महाशाखाले विज्ञप्तिमार्फत भनेको छ, ‘यी क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाऔं ।’ लुम्लेमा बितेको २४ घन्टामा २ सय ४ मिलिमिटर पानी परेको छ भने पर्वतको पञ्चासेमा १ सय ५२ मिलिमिटर पानी परेको जानकारी विभागले दिएको छ । यी दुवै तथ्यांक खतराको संकेत रहेको विभागले जनाएको छ ।
विभागका अनुसार अत्याधिक वर्षा भएपछि नारायणी नदी आसपासका क्षेत्रहरूमा सचेत रहन जरुरी छ । लुम्ले, पञ्चासेसँगै लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन विभागले आह्वान गरेको छ ।









काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया