इनरह्वील क्लब पोखरा मिडटाउनको पदस्थापना, अध्यक्षमा यसोदा बाँस्तोला

समाधान संवाददाता २०८२ साउन ४ गते १५:४२

पोखर।

इनरह्वील क्लब पोखरा मिडटाउनको १६औं पदस्थापना शुक्रबार सम्पन्न भएको छ। क्लबका वर्ष २०२५-२६ का अध्यक्ष यसोदा बाँस्तोलाको अध्यक्षतामा गठित बोर्डका पदाधिकारीहरूलाई डिस्ट्रिक्ट ३५० का कमला श्रेष्ठले कलर र ह्यामर प्रदान गरी पदस्थापन गराइन्। बोर्डको निवर्तमान अध्यक्षमा जुना थापा, उपाध्यक्षमा भावना रानाभाट, सचिवमा शान्ता घिमिरे, कोषाध्यक्षमा सिर्जना बोगटी, आईएसओमा लक्ष्मी थापा र एडिटरमा सुमिता थापा रहेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक्ट चेयरम्यान कमला श्रेष्ठले इनरह्वीलले पछाडि परेका महिलाको पक्षमा क्रियाशील रहन आग्रह गरिन्। समारोहमा इनरह्वील नेसनल रिप्रेजेन्टेटिभ सर्भिस पालिखे, रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष उपेन्द्र पौडेल लगायतले बोलेका थिए।

Advertisement

सो कार्यक्रममा क्यान्सर पीडित कास्की धम्पुसकी मिना बिकलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो।

र्यक्रममा निवर्तमान अध्यक्ष जुना थापा र पूर्व सचिव भावना रानाभाटले अघिल्लो वर्षको कार्यकालको बारेमा जानकारी गराएका थिए भने अध्यक्ष यसोदा बाँस्तोलाले आगामी वर्षको योजना प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा अध्यक्ष बाँस्तोलाको परिचय पूर्व अध्यक्ष रिता पहारीले गरेकी थिइन् भने डिस्ट्रिक्ट चेयरको परिचय र नवप्रवेशी सदस्यको परिचय पूर्व अध्यक्ष साबित्री नेपालीले गरेकी थिइन्। क्लबमा नयाँ सदस्यको रूपमा प्रवेश गर्ने गंगा बाँस्तोला, सुशीला पौडेल र सुमित्रा कोइरालालाई स्वागत गरिएको थियो। कार्यक्रममा अतिथि र क्लबमा सहयोग गर्ने व्यक्तित्वहरूलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमको संचालन सचिव शान्ता घिमिरेले गरेकी थिइन्।

Advertisement

तपाईको प्रतिक्रिया