जनकल्याण समितिमा शिव केसी

समाधान संवाददाता २०८२ साउन ४ गते १६:१०

पोखरा ।
पोखरा १३ स्थित जनकल्याण समितिको ३४औं साधारण सभा तथा १४औं अधिवेशनबाट शिव केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्ष कृष्णराज गौतम, द्वितीय उपाध्यक्ष खेम भट्टराई, महासचिव शान्तिदेवी केसी, कोषाध्यक्ष लेखबहादुर थापा, सचिव सोमनाथ आचार्य चयन भए । सदस्यहरू इन्द्राकुमारी शाही, मदनराज गौतम, पदमबहादुर कार्की, पार्वती गौतम, मैया बराल, नारायण पौडेल र शिव कार्की रहेका छन् ।

महिला विकास उपसमिति संयोजक रमा कार्की चयन भइन् । निर्वाचन सहजीकरण समितिका संयोजक माधव आचार्य र सदस्यहरू युवराज त्रिपाठी, कुमार केसी र रमा कार्कीले निर्वाचन प्रक्रिया सहजीकरण गरेका थिए ।

प्रमुख अतिथि जेष्ठ सदस्य वसुन्धरा गौतमले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरिन् । कार्यक्रममा सुनडाँडा टोल विकास संस्थाका अध्यक्ष शम्भु बराल, वडा नं. १३ का जनप्रतिनिधि बलबहादुर बराल र सल्‌लाहकार कृष्ण केसीले शुभकामना मन्तव्य दिएका थिए । काहुखोला महिला सहकारीकी अध्यक्ष रमा कार्की र गीता बराललाई समाजलाई आर्थिक सहयोग गरेको योगदानस्वरूप सम्मान गरिएको थियो । कोषाध्यक्ष गणेश आचार्य र महासचिव गोविन्द आचार्यले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ ।

Advertisement

समितिका अध्यक्ष देवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विष्णु कार्कीले स्वागत, द्वितीय उपाध्यक्ष शिव केसीले धन्यवाद ज्ञापन र सचिव विनोदराज आचार्यले सञ्चालन गरेका थिए । नवनिर्वाचित अध्यक्ष शिव केसीले आफ्‌नो कार्यकालमा समिति समाजसेवामा अझ बढी समर्पित हुने र युवाहरू, महिलाहरू तथा ज्येष्ठ नागरिकहरूका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया