रोट्रयाक्ट न्युरोड पोखराको १३औं पदस्थापन, अध्यक्षमा कुशल बराल

पोखरा ।
रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराले आफ्नो १३ औं कार्यसमितिको पदस्थापन गरेको छ। क्लबको वर्ष २०२४/२५ का लागि अध्यक्षमा कुशल बराल र उनको कार्यसमिति चयन भएको हो।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट रोट्रयाक्ट प्रतिनिधि (डिआरआर) दिनेश गैरे, अतिथि रोटरी क्लब अफ पोखरा न्युरोडका संस्थापक अध्यक्ष रवि बराल, डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट सचिव सुवास सिग्देल र रोटरी क्लब अफ पोखरा न्युरोडका वर्ष २०२५/२६ का अध्यक्ष अमृतराज बास्तोलाले युवाहरू सामाजिक कार्यमा लाग्नु सकारात्मक भएको बताउँदै आगामी दिनमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरे।
१२ वर्षे कार्यकाल पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको क्लबको पदस्थापन कार्यक्रममा विभिन्न अतिथि र सदस्य गरी करिब १०० जनाभन्दा बढीको उपस्थिति थियो। कार्यक्रममा २ जना नयाँ सदस्यलाई क्लबमा स्वागत गरिएको थियो। पदस्थापित अध्यक्ष बरालले २१ सदस्यीय कार्यसमिति चयन गरेका छन्।

अध्यक्ष कुशल बरालको टिममा निवर्तमान अध्यक्ष श्रीनाथ वाग्ले, उपाध्यक्षहरू शिवानी क्षेत्री, विजय सुवेदी, विकास सुनार, सचिवमा विनय कार्की र कोषाध्यक्षमा अंगना सुवेदी रहेका छन्। यसैगरी सहसचिवमा विक्रम शाही ठकुरी र अच्युत पराजुली, सहकोषाध्यक्षमा सागर पौडेल, पब्लिक इमेजमा आशिष पुरी, फेलोसिप चेयरमा बेन गौड र रोटरी फाउन्डेसनमा श्रद्धा रेग्मी चयन भएका छन्।
त्यस्तै, रोट्रयाक्ट लर्निङ फ्यासिलिटेटरमा रोट्रयाक्टर प्राजिता खनाल, अन्तर्राष्ट्रिय सेवामा दीपिका थापा, सेवा परियोजनामा सन्दीप रेग्मी, युवा नेतृत्व सम्पर्कमा कुमार वाग्ले, सदस्यता विकासमा रिया बराल, खेलकुद संयोजकमा युनिक बराल, व्यावसायिक विकासमा रिजु घिमिरे र सर्जेन्ट एट आर्म्समा सुष्मिता पौडेल छन्।
उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विजय सुवेदीले दिएका थिए भने कार्यक्रम संयोजक अच्युत पराजुली थिए। कार्यक्रमको सञ्चालन विनय कार्की र प्राजिता खनालले गरेका थिए।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया