सम्मानित पदबाट सक्रिय राजनीतिमा फर्किनेहरु

लोकतान्त्रिक प्रणालीमा केही पदहरू यस्ता हुन्छन्, जसलाई दलीय राजनीतिभन्दा माथि, निष्पक्ष र सम्मानित मानिन्छ । सभामुख, राष्ट्रपति, प्रधानन्यायाधीश जस्ता पदमा आसिन व्यक्तिले आफ्नो दलीय आबद्धतालाई त्यागेर राष्ट्रको अभिभावक वा संविधानको संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गरिन्छ । तर, जब यी सम्मानित पदबाट अवकाश पाएपछि व्यक्तिहरू पुनः आफ्नो पुरानो दलीय राजनीतिमा सक्रिय हुन्छन्, तब नैतिक र राजनीतिक बहस सुरु हुन्छ । यो अभ्यासले पदको गरिमा र त्यसप्रतिको जनविश्वासमा कस्तो असर पार्छ भन्ने विषय सधैँ चासोको केन्द्रमा रहन्छ ।
विश्वका लोकतान्त्रिक मुलुकमा राष्ट्रपति भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आएको उदाहरणसम्म पनि भेट्न मुस्किल छ । छिमेकी भारतमै समेत कुनै राष्ट्रपति फेरि सक्रिय राजनीतिमा फर्केको इतिहास छैन । बरु नेपालमै उच्च पदीय जिम्मेवारीको गरिमा विपरीत सक्रिय राजनीतिमा फर्किनेहरु भेटिएका छन् । तानाशाही ढंगबाट चलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कहिले प्रधानमन्त्री भए कहिले राष्ट्रपति । उनी लोकतान्त्रिक शासनका शासक होइनन् ।
सम्मानित पदमा गइसकेपछि फेरि राजनीतिमा सक्रिय हुनेहरुमा कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, सुवास नेम्बाङ, दमननाथ ढुंगाना, नन्दकिशोर पुन पासाङ, अग्नि सापकोटा, ओनसरी घर्ती लगायत छन् ।
नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीशलाई सम्माननीय भनेर सम्बोधन गरिन्छ । प्रधानमन्त्री कार्यकारीको भूमिकामा हुन्छ । अरु भने तटस्थ, निष्पक्ष भूमिकामा हुन्छन् । ती पदको गरिमा र ओज विशिष्ट प्रकारको हुन्छ । अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि एमालेको राजनीतिमा सक्रिय हुने प्रसंगले नेपाली राजनीतिमा बहस छेडिएको छ कि सम्माननीय भइसकेको व्यक्ति फेरि राजनीतिमा आउँदा के हुन्छ ? यहाँ त्यस्तै सम्मानित पदबाट पुनः सक्रिय राजनीतिमा फर्किएका केही प्रमुख नेपाली व्यक्तित्वहरूको चर्चा गरिएको छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया