बेस्ट फाइनान्सको नयाँ योजना

काठमाडौं ।
बेस्ट फाइनान्स कम्पनी लिमिटेडले ग्रीन सेभिङ्स डिपोजिट योजना सार्वजनिक गरेको छ । जलवायु परिवर्तनले ल्याउने जोखिम न्यूनीकरण गर्न, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन र वातावरण प्रदुषणको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ जारी गरेको थियो ।
उक्त मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ग्रीन फाइनान्सिङ्’का लागि स्रोत जुटाउने उद्देश्यले बेस्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ हालै ल्याएको हो । उक्त निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पुर्याउछन् । त्यसका लागि हरेक ग्राहकका तर्फबाट एक वटा बिरुवा रोपिदिने व्यवस्था बेस्ट फाइनान्सले मिलाएको छ ।
स्थानीय तहहरुसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने र उक्त बिरुवा रोपेर हुर्क्याउने र ५ वर्षपछि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेस्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ । साझेदारी गर्ने सहमतिपत्रमा बेस्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपाल (एरिया १ काठमाण्डौं) को तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले हस्ताक्षर गरेका छन् ।
गोदावरी नगरपालिका वडा नं. १, बेस्ट फाइनान्स र लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नं. १ गोदामचौंर स्थित खाली जग्गामा ५ सय बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया