विद्युत प्राधिकरणका उत्कृष्ट उपभोक्ता सम्मानित

पोखरा ।
नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरी समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी, व्यवसायी तथा संघ, संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मान गरेका हुन ।
कार्यकारी प्रमुख शाक्यले उपभोक्ताको कारण नै प्रधिकरणको विकास हुने र प्राधिकरणको विकास भए समग्र देशको विकास हुने बताए । उपभोक्ताले प्रयोग गर्ने विद्युत दैनिक जीवनशैलीमा भन्दा बढी व्यावसायीक या औद्योगिक कार्यमा लगाउन आग्रह गर्दै विद्युतीय संशाधनको प्रयोग गर्दा सजग र मितव्यायी हुन आग्रह गरेका छन् । उनले हाल बेला बेलामा विद्युत अवरुद्ध हुने समस्या प्राधिकरणको नभएर वितरण केन्द्रहरुमा भएको प्राविधिक समस्या भएको जिकिर गरे ।
हिउँदको समयमा बाहिरी मुलुकबाट समेत विद्युत आयात गरी उपभोक्तामाझ सेवा पुर्याउन प्राधिकरण प्रतिवद्ध रहेको शाक्यको भनाइ छ । गण्डकी प्रदेश अन्तरगत सबैभन्दा बढी र समयमै भुक्तानी गर्नेमा होंसी शिवम सिमेन्ट प्रालि(कावासोती वितरण केन्द्र), पोखरा औद्योगिक क्षेत्र (पोखरा वितरण केन्द्र) गोर्खा ब्रुअरी लिमिटेड (कावासोती वितरण केन्द्र), सिजी सिमेन्ट, एनसेल प्राइभेट लिमिटेड (लेकनाथ वितरण केन्द्र), प्रफेक्ट व्लेन्ड (नेपाल) प्राइभेट लिमिटेड (कावासोती वितरण केन्द्र), सिजी ब्रिवेरी नेपाल लिमिटेड(कावासोती वितरण केन्द्र), जय श्री फुड प्रालि (कावासोती वितरण केन्द्र), पोेखरा अन्तराष्ट्रिय एयरपोर्ट(पोखरा वितरण केन्द्र), मनिपाल कलेज अफ मेडिकल साइन्स (पोखरा वितरण केन्द्र) लगायत छन् ।
बेला बेला विद्युत अवरुद्ध हुने समस्याले उद्योगहरुले नोक्सान वेहोर्नुपरेको बताउँदै उक्त समस्याको समाधान खोज्न आग्रह गरेका छन् । सो अवसरमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख विक्रमकुमार अमात्यले गण्डकी शाखा अन्तर्गत निर्माण भएका आयोजनाहरुबारे जानकारी गराएका थिए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया