रक्तसञ्चार सेवा सुधारमा जोड

पोखरा । नेपाल रेडकस सोसाइटीबाट सञ्चालित गण्डकी प्रदेशस्तरीय गतिविधि र रक्तसञ्चार सेवाका बारेमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को प्रतिनिधि मण्डलले स्थलगत अनुगमन गरेको छ ।
आइएफआरसी नेपाल र आइएफआरसी जेनेभाको ग्यापको मूल्यांकन टोलीले नेपाल रेडकस सोसाइटी गण्डकी प्रदेश कार्यालय, नेपाल रेडक्रस सोसाइटी कास्कीको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको अवलोकन भ्रमण गरी प्रदान गरेको सेवा प्रवाहबारे जानकारी लिएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति रमा कोइराला न्यौपानेले भ्रमण टोलीसँग रेडक्रसले सञ्चालित रक्तसञ्चार सेवा, रक्तसंचार सेवाका गतिविधि र रक्ततत्वको गुणस्तरको बारेमा तथा सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल भएको जानकारी दिइन् ।
‘प्रतिनिधि मण्डलले रक्तदाता व्यवस्थापन, संकलन, कम्पोनेन्ट तयारी, प्रयोगशाला प्रक्रिया तथा कोल्ड चेन व्यवस्थापनको अवलोकन गरेको छ,’ उनले भनिन्, ‘भेटघाटमा रक्तसञ्चार सेवा प्रवद्र्वनमा सहकार्य, नीति निर्माणमा समन्वय, र शिक्षा तथा अनुसन्धानमा योगदान विषयमा विचार विमर्श भएको छ ।’ उनले आइएफआरसी र ग्यापका प्रतिनिधिहरूको सहभागिता र प्रत्यक्ष अन्तर्क्रियाले रक्तसञ्चार सेवामा दीर्घकालीन सुधार र अन्तर्राष्ट्रिय साझेदारीको मार्ग प्रशस्त गरेको दाबी गरिन् ।
प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सेवाको गुणस्तर, नवप्रवर्तन तथा दिगोपनबारे रेडक्रस सोसाइटी कास्की शाखाका सबै पदाधिकारी, कार्यालय प्रमुख तथा समर्पित कर्मचारीसँग छलफल भएको बताए ।
रेडक्रसका पदाधिकारी तथा सदस्य, प्राविधिक कर्मचारीले भ्रमण टोलीलाई ग्याप कार्यक्रमबाट प्राप्त उपलब्धिहरू, कार्यान्वयन अनुभव र स्थानीय स्तरमा देखिएको प्रभाव बारेमा अवगत गराएको उनले उल्लेख गरे । उनले ग्याप परियोजनाबाट स्थानीय स्तरमा देखिएका ठोस सुधारहरू, प्राविधिक दक्षता अभिवृद्धि, र सहकार्यको प्रभावशाली अभ्यासहरूलाई उजागर भएको जनाए ।
उनले भ्रमण टोलीले नेपाल रेडक्रस कास्कीको संगठित टोली, नेतृत्वको सक्रियता र सेवाप्रति समर्पण विशेष रूपमा प्रशंसनीय रहेको विश्लेषण गरेको दाबी गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उप–कोषाध्यक्ष डोलराज पाण्डे, गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाल, कास्की शाखाका निवर्तमान सभापति डण्डराज पौडेलले भ्रमण टोलीलाई रेडक्रस प्रदेश, कास्की र प्रादेशिक रक्त सञ्चार केन्द्रबाट भएका सेवा प्रवाहको बारेमा अवगत गराएको छ ।
प्रतिनिधि मण्डलमा आईएफआरसी नेपाल कार्यालय प्रमुख डेभिड फिसर र आईएफआरसी नेपाल कार्यालयका कर्मचारी रश्मी झा, आईएफआरसी जेनेभा स्थित ग्यापकाका प्रतिनिधि डा एलिजाबेथ भिलेनी र डा सोरया अमर सहभागी थिए ।
प्रतिनिधि मण्डलले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कुलपति प्राडा भरत खत्री, प्रदेश स्तरीय रक्तसञ्चार सेवा केन्द्र पोखरा, पोखरा महानगरपालिका कार्यवहाक मेयर मञ्जुदेवी गुरुङ, फिस्टेल हस्पिटल तथा रिसर्च सेन्टर गैरापाटनका प्रतिनिधिहरूसँग संस्थागत भेटघाट तथा अन्तर्क्रिया गरेको रेडक्रस कास्कीले जनाएको छ ।









अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेलाई सफाइ
पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिसको रौनक: दोस्रो सर्किट सुरु, विदेशी खेलाडीको वर्चस्व
पोखरामा मानवअधिकार महाभेला सुरु
प्रतिनिधि सभाका लागि कास्की–२ मा कांग्रेसबाट प्रत्यक्षमा १३ र समानुपातिकमा ५ जनाको दाबी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया