इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन पोखराको २२ औं साधारणसभा

पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२ औं साधारणसभा शनिबार भएको छ । साधारणसभाको उद्घाटन नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले गरे ।
कार्यक्रममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताए । मुलुकमा बनेका संरचनाले १५ लाखभन्दा बढी पर्यटक धान्न सक्ने अवस्था नरहेको भन्दै उनले वर्षमा १०/१२ लाख पर्यटकको मात्रै लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने जिकिर गरे ।
बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही वर्षमा पर्यटन क्षेत्र डुब्ने र यसको प्रत्यक्ष असर राज्यलाई नै पर्ने उनले बताए । पोखराको पर्यटन विकासका लागि एगासँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको उनले प्रतिवद्धता जनाए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले आव २०८१/०८२ मा एगासँग सहकार्य गरेर विभिन्न कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कुनै पनि संस्था आफैँमा सानो वा ठूलो नहुने बताउँदै सो संस्थाले गर्ने कामका आधारमा त्यसको स्थान निर्धारण हुने बताए । परिषद्मा आवद्ध संस्थाबीच समन्वय गरेर पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्ने र व्यवसायी तथा राज्यबीच पुलको भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सबैको साथ र सहयोगबाटै संस्थालाई माथि उठाउन प्रयास गरिएको बताए । संस्था स्थापना दुई दशकदेखि भए पनि नेपालको पर्यटकीय प्रचारप्रसारमा एगाको भूमिका तीन दशकदेखि नै रहेको उनले स्पष्ट पारे ।
सदस्यहरूको क्षमता अभिवृद्धि समेतको उद्देश्य राख्दै एगाका सदस्यहरूले यही साउन १० गतेदेखि इन्डोनेशिया र भियतनाम लगायतका स्थानको भ्रमणसँगै त्यहाँका गार्मेन्ट उद्योगहरूको पनि भ्रमण गर्ने भएका छन् ।
एगाका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारीले पोखरालाई हरेक तवरले पर्यटनसँग जोड्नुपर्ने भन्दै यसतर्फ राज्यका निकायले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष तथा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटन प्रवद्र्धनका लागि नारा मात्र नभई दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
एगाका सल्लाहकार तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले सबै एकै ठाउँमा बसेर पर्यटन क्षेत्रका समस्याबारे छलफल गर्दै समाधानमा जोड दिनुपर्ने बताए । कालीगण्डकी करिडोरले पोखरामा पर्यटक आगमन शून्य हुन सक्नेतर्फ सचेत गराउँदै उनले यसतर्फ बेलैमा ध्यान दिन आवश्यक रहेको धारणा राखे । एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता तथा सचिव माया सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गरिन् । सचिव सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन पेश गरिन् ।
कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पर्यटन विज्ञ दीपेन्द्र पहारी, संस्थाका सद्भाव सदस्य गोविन्दप्रसाद अधिकारी, रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल लगायतले विभिन्न सामग्रीमार्फत एगाले नेपालको पर्यटनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको धारणा राखे ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, उत्कृष्ट पसल सजावट गर्ने व्यवसायी रामहरि भट्ट, विभिन्न कार्यक्रमका संयोजकहरू रमेश सुवेदी, माया सुवेदी, सुशील ढकाल, गीता ढकाल लगायतलाई सम्मान गरिएको थियो ।







सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया