कोरोना सङ्क्रमणबाट पोखरामा महिलाको मृत्यु

समाधान संवाददाता २०८२ साउन ५ गते १३:२०

पोखरा ।

पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको आइतबार मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीमा उपचारकाे क्रममा ७४ वर्षीया महिलाकाे मृत्यु भएको हाे ।

उनलाई १ हप्ता अघि कोरोना पुष्टि भएकाे निर्देशनालयले जानकारी दिएकाे छ । उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना भन्ने पुष्टि भएपिन अरु कारण पनि हुन सक्ने प्रशासनकाे भनाइ छ ।

Advertisement

गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक गरि प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया