स्मृति उद्यानमा भूकम्पमा ज्यान गुमाएकाको नामावली

गोरखा ।
गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित भूकम्प स्मृति उद्यानमा भूकम्पमा परी ज्यान गुमाएकाहरुको नामावली राखिएको छ ।
विक्रम संवत् २०७२ वैशाख १२ गते गएको भूकम्पमा परेर ज्यान गुमाएका गोरखाका ४९० जनाको नामावली स्मृति उद्यानमा राखिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पँगेनीले जानकारी दिए ।
उद्यानमा भूकम्पमा परेर ज्यान गुमाएका १४ वटै जिल्लाका मृतकको नामावली छुट्टाछुट्टै स्तम्भमा राख्ने भनिए पनि गहृ मन्त्रालयबाट सबैको नामावली प्राप्त हुन नसक्दा गोरखाका मृतकहरुको मात्र नामावली राखिएको उनले बताए । इन्जिनियर पँगेनीले भने, “गृह मन्त्रालयमा धेरै पटक पत्राचार भयो, गोरखाबाहेकका अन्य १३ जिल्लाका मृतकको नाम उपलब्ध हुन नसकेपछि केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट नै गोरखाका मृतकको मात्र नाम राख्ने निर्णय भएर आइसकेको छ, अब अरू जिल्लाका मृतकको नामावली स्मृति उद्यानमा नराख्ने निश्चित भएको छ ।”
गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नामावली प्राप्त नहुँदा स्मृति उद्यानको काममा ढिलाइ हुँदै आएको छ । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी उद्यान निर्माणको काम अगाडि बढाइएको थियो । सरकारी स्वामित्वको करिब २१६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य संरचना निर्माण गरिएको छ ।
त्यस्तै, स्मृति स्तम्भ मण्डला, मण्डलामा चिप्स राख्ने, रङरोगन, स्मृति उद्यान पुग्ने ४०० मिटर सडक कालोपत्रको काम यसअघि नै सम्पन्न भइसकेको ठेकेदार कम्पनी स्वच्छन्द/होम निर्माण जेभीका भोला मरहट्ठाले जानकारी दिए ।
स्मृति उद्यानभित्र क्यान्टिन पार्क, टिकट काउन्टरसमेत निर्माण गरिएको छ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थल पनि निर्माण भएको उनले बताए । आयोजना कार्यान्वयन एकाइले रु १३ करोड छ लाख ३४ हजारमा स्मृति उद्यान निर्माणका लागि ठेकेदार कम्पनीसंँग ठेक्का सम्झौता गरेको थियो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया