केदारेश्वर महादेव मन्दिरमा निशुल्क प्रसाद वितरण

समाधान संवाददाता २०८२ साउन ५ गते १७:१६

पोखरा ।
पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघले पोखरा महानगरपालिका वडा नं ६ मा रहेको केदारेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनहरुलाई प्रसाद वितरण गरेको छ ।


बोलबमको अवसरमा सोमबार प्रसाद वितरण गरेको संघका सचिव राजेन्द्र आचार्यले जानकारी दिए । धार्मिक आस्था र सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कार्यक्रम बिहान साढे ७ बजेदेखि साढे ४ बजेसम्म सञ्चालन गरिएको आचार्यले बताए ।


भक्तजनलाई प्रसाद वितरण गर्न पाउनु पुण्यको काम भएको उनको भनाइ छ । भक्तजनलाई केहि सहजता होस् तथा यसले सामाजिक एकता र सहकार्य बढाउने उनले बताए ।

Advertisement


‘संघका सदस्यहरुबाट सामान, नगद जम्मा गरेर प्रसाद तयार गरिएको हो । लगभग ८/९ हजार भक्तजनलाई प्रसाद वितरण गर्‍यौं । बाँकी ३ वटा सोमबार अन्य संस्थाहरुले प्रसाद बाँड्नेछन्,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया