प्रतिभा माविमा स्वागत
‘सगरमाथाको टुप्पोमा पुग्न नसके पनि आधारशिविर त पक्कै पुगिन्छ’

पोखरा ।
पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि मंगलबार स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी प्रतिभामा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो।
विद्यालयले सोमबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको थियो। मंगलबार भने विज्ञान विषयका विद्यार्थीका लागि स्वागत र उत्प्रेरणामूलक कार्यक्रम राखेको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए। मंगलबारको कार्यक्रमको राष्ट्रिय परीक्षा बोर्ड पोखराका प्रमुख गोविन्दराज पोखरेलले उद्घाटन गरेका थिए।
कार्यक्रम उद्घाटन गर्दै परीक्षा बोर्डका प्रमुख पोखरेलले पोखरामा उत्कृष्ट शिक्षा प्रदायक शैक्षिक संस्थाले सिंगो गण्डकी प्रदेशको पहिचान बढाउँदै गएको बताए। उनले भर्खर कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई सुझाउँदै भने, ‘अबको दुई वर्ष मेहनत गर्ने हो भने भविष्य उज्ज्वल बन्नेछ।’ पोखरामा गर्व गर्न लायक शैक्षिक संस्था थपिँदै जाँदा सिंगो प्रदेशको सान नै बढेको पनि उनले बताए।
विशेष अतिथि मणिपाल शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. अभिषेक मास्केले विज्ञान विषय पढेका विद्यार्थीका लागि भविष्यमा सर्वत्र अवसर रहेको बताए। भविष्यमा जुनसुकै क्षेत्रमा जान पनि सकिने भएकोले विज्ञान विषयले विद्यार्थीलाई सहजीकरण गर्ने उनले बताए।
विद्यालयका प्राचार्य सापकोटाले विद्यार्थीलाई सफल बनाउन विद्यालय हरदम तयार रहेको बताए। ‘हामी विद्यार्थीको सफलताका लागि हरदिन खटिनेछौँ। विद्यार्थीको भविष्य उज्ज्वल बनाउनका लागि कुनै कमजोरी रहनेछैन,’ सापकोटाले भने, ‘विद्यार्थीले सपना देख्नुपर्छ, त्यो सपना पूरा गर्न विद्यार्थी स्वयं लागिपर्नु पर्छ। त्यसबाहेक हामी आफैँ पनि विद्यार्थीको सपनालाई पूरा गर्न रातदिन खटिनेछौँ।’
प्राचार्य सापकोटाले हरेक विद्यार्थीमा एउटा न एउटा क्षमता हुने बताए। विद्यार्थीलाई सुझाउँदै प्राचार्य सापकोटाले भने, ‘सपना सगरमाथाको टुप्पोमा पुग्ने देख्नुस्। तपाईं आधारशिविरसम्म त पक्कै पुग्न सक्नुहुन्छ। सगरमाथाको टुप्पोमा पुग्न नसक्दैमा आँट गर्न नछोड्नुस्।’ प्राचार्य सापकोटाले अबका दुई वर्ष जीवनका लागि अमूल्य हुने बताउँदै भने, ‘अबको दुई वर्षको दुःखले जीवन सुख हुनेछ। त्यसैले व्यक्तिबाट व्यक्तित्व बन्ने प्रयास गर्नुपर्छ।’
विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए। समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए। ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ। आगामी दिनमा ती प्रतिभा अझै थपिनेछन्,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौँ।’
कार्यक्रममा गायक सुगम पोखरेलले विद्यार्थीका लागि मनोरञ्जन पस्केका थिए। उक्त अवसरमा एसईईमा जीपीए ४ अंक ल्याएर प्रतिभा माविमा विज्ञान विषयमा ११ कक्षामा भर्ना भएका विद्यार्थी, उनीहरूका अभिभावक र विद्यार्थीले अध्ययन गरेको विद्यालयका प्राचार्यलाई समेत सम्मान गरिएको थियो।









पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया