जानकी माविलाई शिखर इन्स्योरेन्सको सहयोग
पोखरा ।
शिखर इन्स्योरेन्स कम्पनी प्रालि गण्डकी प्रदेश कार्यालयले पोखरा १७ मा रहेकाे जानकी माविलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वमार्फत सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्याउने लक्ष्यका साथ आर्थिक सहयोग गरिएको हो ।
इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख विष्णुराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
कम्पनीले सवारी साधन दुर्घटना हजाई, निर्माण सम्वन्धी मार्गस्त विमान, सम्पत्ति, उद्योग कलकारखाना जस्ता निर्जिवन विमाका साथै मजदूर स्वास्थ्य विमा लगायत विभिन्न १८ जटिल रोगमा १० लाख रुपैयाँसम्मको उपचार विमा समेत गर्दै आएको प्रमुख पौडेलले जानकारी दिए ।
देशभरका ११८ वटा शाखामार्फत सेवालाई प्रभावकारी बनाउँदै आएको जानकारी दिंदै उनले भने, गत आर्थिक वर्षमा पाँच अर्व ८० करोड संकलन गरेकोमा तीन अर्व भन्दा वढी रुपैयाँ दावी भुक्तानी गरेको थियो । कम्पनीमा तीन लाख भन्दा वढी विमित एवम् ६६० जनालाई प्रत्येक्षरुपमा रोजगारी प्राप्त गरेका उनले बताए ।
कम्पनीले पोखरा २१ निर्मलपोखरीस्थित जनचेतना माविलाई पनि एक लाख रुपैयाँ सहयाेग गरेकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीलाई प्रदेश प्रमुख पौडेलले चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्रले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रकमको सदुपयोग हुने विश्वास व्यक्त गरिन् । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।







गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया