एमाले केन्द्रीय कमिटी बैठकमा संगठनात्मक व्यवस्था लगायत विषयमा छलफल जारी

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं केन्द्रीय कमिटीको आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, संगठनात्मक व्यवस्था लगायत विषयमा छलफल जारी छ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज दोस्रो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि ५८ जनाले आफ्नो धारणा राखेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। हिजो पहिलो दिन ४९ जनाले आफ्नो धारणा राखेका थिए।
प्रतिवेदनमा अझै ७७ जनाले आफ्नो धारणा राख्न बाँकी छ। प्रचार विभाग प्रमुख गौतमले आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्ने लगायत विषयमा धारणा राखेको गौतमले जानकारी दिए।
‘मातहतका कमिटी मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई संविधान अनुकूल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोड दिएर उठाइएको छ’, उनले भने, ‘सबैतिरको रिपोर्टिङअनुसार पार्टीको एक लाख ३९ हजार सदस्यता वृद्धि भएको छ। यो प्रतिशतका हिसाबले करीब २८ प्रतिशत हो।’
प्रचार विभाग प्रमुख गौतमले बैठकमा सरकारको प्रभावकारिता, मूल्यवृद्धि लगायत विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिए। पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि उनले जानकारी दिए।
केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उपाध्यक्षको विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन यसअघि सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेका थिए। प्रचार विभाग प्रमुख गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण सम्बोधन गर्दै आजै बैठक समापन गर्ने छन्। बैठक सोमबारदेखि सुरु भएको हो।







त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया