जंगली च्याउ खाँदा एकै परिवारका २ जनाको मृत्यु

रुकुम पूर्व ।
रुकुम पूर्वमा जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो ।
योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सोही परिवारका अन्य दुई जना भने गम्भीर घाइते छन् । मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उनकी छोरी नौ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यही २ गते जङ्गलबाट ल्याइएर च्याउ खाएर बिरामी भएकामा साउन ५ गते मात्र रुकुम पूर्व अस्पतालमा आएका थिए । अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो । दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने बाँकी दुई जनालाई नेपालगञ्ज भेरी अस्पताल पठाइएको छ ।








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया