सिक्लेस पर्यटन व्यवस्थापन समिति पुनर्गठन

पोखरा ।
कास्कीको पर्यटकीय गाउँ सिक्लेसको ‘सिक्लेस पर्यटन व्यवस्थापन समिति’ पुनर्गठन गरिएको छ । शनिबार भएको एक कार्यक्रममार्फत पर्यटन व्यवसायी लेखबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवगठित समितिको उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिव बेलप्रसाद गुरुङ र कोषाध्यक्षमा नौमाया गुरुङ चयन भएका छन् । सदस्यमा टंकप्रसाद गुरुङ, लीलबहादुर गुरुङ, टाइमाया गुरुङ, तुलप्रसाद गुरुङ ’प्रकाश’, होमन गुरुङ, दिनेश गुरुङ, रमेश विक, लेखप्रसाद गुरुङ र शशि गुरुङ छन् ।
क्षेत्र व्यवस्थापन समिति, पार्चे मादी–१ का सचिव गेहेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष देवीजंग गुरुङले अन्तर्राष्ट्रिय स्तरमै परिचित सिक्लेसमा थप पर्यटकीय गतिविधि सञ्चालन गर्न नवनिर्वाचित समितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एक्याप सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्की लगायतका वक्ताले नवनिर्वाचित समितिलाई बधाई दिँदै पर्यटन विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संरक्षण क्षेत्र व्यवस्थापन समिति, विभिन्न उप–समिति, होटल व्यवसायी, होमस्टे सञ्चालक, आमा समूह, युवा क्लब तथा टोल संयोजकहरूको उपस्थिति थियो ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया