पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न होटेल संघको ताकेता

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यथोचित सञ्चालनका लागि होटल संघ पोखरा नेपालको टोलीले बिहीबार प्रधानमन्त्री, अर्थमन्त्री र युएइका राजदूतको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणअघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न सहरबाट पोखरासम्म उडानको पहलका लागि कुरा राख्न आग्रह गरेको हो ।
अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए । चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्याउनसमेत आग्रह गरिएको केन्द्रीय सदस्य पराजुलीले जानकारी दिए ।
संघको टोलीले काठमाडौं स्थित संयुक्त अरब इमिरेट्स् (युएई)का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखरा दुबई सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो । सो अवसरमा राजदूत अब्दुल्लाले पोखरा दुबई उडानका लागि आफूले फ्लाई दुबईसँग कुरा राख्ने आश्वासन दिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पोखराको पर्यटन प्रवद्र्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा समेत राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए । अर्थमन्त्रीसँग भेटको क्रममा पोखरा नयाँ पुल सुरुङ मार्ग शिलान्यास हुने क्रममा रहेको मन्त्री पौडेलले संघको टोलीलाई बताएको गराएको संघका अध्यक्ष सुवेदीले जानकारी दिए । उक्त मार्गको डिपिआर तयार भइसकेको र चालु बजेटमा केही रकमसमेत छुट्टिएको जानकारी पौडेलले गराएको अध्यक्ष सुवेदीले बताए ।
नारायणगढ बुटवल सडक र स्तरोन्नतिको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तीव्रता दिन पनि मन्त्री पौडेलसँग संघको टोलीले आग्रह गरेको थियो ।







२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया