लिटिल स्टेप माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

पोखरा ।
लिटिल स्टेप माध्यमिक विद्यालय, सिमलचौर, पोमनपा–८ को तर्फबाट कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विद्यार्थीहरूले जोश र होसलाई समायोजन गर्दै समयसापेक्ष हुनुपर्ने कुरामा जोड दिइन् । यसै गरी विद्यालय बोर्ड सदस्य डा.भीमनाथ बराल, स्नातक तह संयोजक ईश्वर सुवेदी र अभिभावक लीला थापामगरले शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत विद्यालयकी पूर्वविद्यार्थी डा.अस्मि बरालले एमडीएस इन अर्थोडन्टिक्सका साथै कक्षा १२ की छात्रा आकृति सिके र कक्षा ११ की छात्रा प्रिन्सु गुरुङले भारतको केरला राज्यमा सञ्चालित ॅइन्टरनेसनल पेजेन्ट २०२५’ मा क्रमशः ॅमिस ग्लाम वर्ल्ड मिस ट्यालेन्ट अवार्ड’ र ॅमिस टिन ग्लाम वर्ल्ड सेकेन्ड रनरअप’ उपाधि प्राप्त गरेकोमा विद्यालयले सम्मान गरेको थियो । पञ्चकोसी आर्थर डाँडाखर्क समाज र प्रगति आमा समूहको पनि विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा छात्र–छात्राबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो ।
प्राचार्य पम्फा गुरुङको शुभकामना मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सभापतित्व संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयका संयोजक विनोद गिरीले गरेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया